Kath Khabar
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, कात्तिक ५ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्नुहुने नुवाकोट बिदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update