Kath khabar
थप छ सय ३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं, फागुन ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा छ सय ३९ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुबाट कुल नौ हजार सात ५६ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय पाँच पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ सय जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार दुई सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update