Kath khabar
थप पाँच सय ७० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं, फागुन ५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुबाट कुल नौ हजार सात ८९ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय ११ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार छ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update