Kath khabar
लीच थेरापी के हो ? कुन कुन रोगको लागि यो प्रभावकारी ?

काठमाडौं, फागुन ८। जुका यस्तो जलीय जीव हो जसबाट मानिसहरु टाढा रहन रुचाउँछन् । यदि तपाईको शरीरको कुनै अंग यसको सम्पर्कमा आयो भने यसले तुरुन्तै त्यहाँबाट रगत चुस्न थाल्छ । जुकाको बारेमा मानिसहरूलाई यति थाहा छ कि यदि तिनीहरू शरीरमा टाँसियो भने रगत चुस्छ, तर कमैलाई थाहा होला कि धेरै व्यक्तिहरू जो उपचारको लागि जुका चुसाउन अस्पताल जान्छन्। जुका धेरै प्रकारको उपचारमा फाइदाजनक हुन्छ। पुरातन समयदेखि जुका थेरापीबाट रोगको उपचार गरिन्छ।

यो एक अद्वितीय, सरल तर प्रभावकारी उपचार विधि हो। यसमा शरीरमा जुका राखिन्छ। रक्तमोक्षण विधि भनिने रगत सम्बन्धी समस्यालाई हटाउनको लागि जुकालाई उक्त स्थान चुसाउने गरिन्छ । रक्तमोक्षन भनेको शरीरबाट अशुद्ध रगत निकाल्ने विधि हो। यो उपचार ३० देखि ४५ मिनेटसम्म लाग्न सक्छ। यस थेरापी मार्फत हाम्रो शरीरको फोहोर रगत निकालेर अक्सिजनयुक्त रगत हाम्रो शरीरमा प्रवाहित हुन्छ ।

रगत चुस्ने क्रममा जुकाले रगतमा हेरोडिन नामक रसायन मिसाउने गर्दछ । यो रसायन जुकाको र्यालमा पाइन्छ। हेरोडिनले रगत जम्न दिँदैन। यस बाहेक जुकाले बिरामीको शरीरमा अन्य धेरै कीटाणुहरू छोड्छ, जसले ग्याङ्ग्रीनबाट प्रभावित अंगहरूमा रक्तसञ्चार सुरु गर्छ। यति मात्र होइन, यी रसायनका कारण घाउ पनि छिटो निको हुन्छ ।

लीच थेरापी गर्नु अगाडी सादा पानी र कटनले सफा गर्नुपर्दछ। गन्ध आयो भने जुका बस्दैन। जुकाले हाम्रो अशुद्ध रगत मात्र चुस्ने गर्दछ। शुद्ध रगत चाहिँ चुस्दैन। यसले चुस्दा कुनै दुखाई हुँदैन। लामखुट्टेले टोकेको जस्तो मात्र हुन्छ, खासै थाहा पाइदैन ।

एउटा बिरामीको लागि १५ दिनसम्म एउटै जुकाले काम गर्छ। १५ दिनसम्म प्रयोगमा हुने भएकोले एकपल्ट प्रयोग हुने बित्तिकै जुकाले चुसेको रगत सबै बाहिर निकाल्नुपर्ने हुन्छ । यसको लागि रगत निकाल्दा बेसार पानीमा जुकालाई राखिन्छ । राख्ने बित्तिकै बिस्तारै जुकाले चुसेको सबै रगत सबै बाहिर निकाल्ने गर्दछ । र फेरी पहिलाको जस्तै सर्पको आकारमै आउने गर्दछ । त्यसपछि फेरी सादा पानीमा राख्ने गरिन्छ । यो प्रक्रिया १५ दिनसम्म यसरी नै गरिन्छ ।

कुन कुन रोगको लागि लीच थेरापी गरिन्छ त ?
– छालाको संक्रमणमा
– खुट्टा र घुँडाको दुखाइमा
– एकठाउँमा कपाल झरेर खुइलिने समस्याको लागि
– पायल्स रोगको लागि
– रगतसँग सम्बन्धित सबै रोगहरू जस्तै नङ-एक्ने, एक्जिमा, सोराइसिस, हर्पेस रोगको लागि
– मधुमेहको लागि
– दाँतको समस्याको लागि ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update