Kathkhabar
प्रीति कौरको ‘के को शान’


काठमाडौं, फागुन २३। गायिका प्रीति कौरले नयाँ गीत ‘के को शान’ बजारमा ल्याउनुभएको छ। आइतबार एक कार्यक्रमबीच गायिका कौरले ‘के को शान’ गीतसँगै म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।

‘के को शान’मा शब्द र कम्पोजिसन गायिका प्रीति कौर आफैँले गर्नुभएको छ । गीतको मिक्सिङ विशेष पाण्डेले गर्नुभएको हो भने निर्मातामा पवन टाक्की कार्की रहनुभएको छ । अभिषेक सुवेदीले निर्देशन गर्नुभएको भिडियोमा गायिका कौर र शिरिर शिवाकोटीले अभिनय गर्नुभएको छ। मिडिया पोर्टले निर्माण गरेको भिडियो चेतनराज भण्डारीले खिच्नुभएको हो भने अर्जुन कार्कीले सम्पादन गर्नुभएको हो ।

कार्यक्रममा गायिका कौरले ‘के को शान’ सहित केही गीत प्रस्तुत गर्नुभयो । सो क्रममा उहाँले लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताउनुभयो । ‘करिब ६-७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरूको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भन्नुभयो ।  


 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update