Kathkhabar
आयो ‘बुलाकी’ को फर्स्टलुक

काठमाडौं, फागुन २५। अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार ‘बुलाकी’ फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दर्शकमाझ कौतुहलता पैदा गर्न सफल पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ ।

कर्णाली भेगको जनजीवन, रीतिथिती तथा संस्कृति समेटिएको बताइने गरिएको फिल्म लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गर्नुभएको हो। स्व. मोति बिष्टको प्रस्तुती रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा खिचिएको हो । फिल्ममा सुरक्षाका साथमा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गर्नुभएको छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिच्नुभएको हो। केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी निर्माता टोपेन्द्रले दिनुभएको छ ।  

 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update