Kath khabar
पाँच हजार ६२ जनामा परिक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि


काठमाडौं, फागुन २८। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल पाँच हजार ६२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय ५० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ९२ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update