Kath khabar
चार हजार सात सय ५२ जनामा परिक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत ७ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल चार हजार सात सय ५२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय ५० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ४७ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या तीन हजार एक सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update