Kath khabar
मन्दिरभित्र पस्नु अघि किन बजाइन्छ घण्टी ?


       काठमाडौं, वैशाख १८। मन्दिरभित्र पस्नु अगाडि घण्टी बजाउनु प्राचीनकालदेखि नै चल्दै आइरहेको परम्परा हो । घण्टीको आवाज प्रत्येक मन्दिरको पहिचान हो । तर यसको वैज्ञानिक कारण पनि रहेको छ।

मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छ । जुन ठाउँमा घण्टीहरुको आवाज गुन्जिरहन्छ त्यस स्थानको वातावरण पनि शुद्ध र पवित्र हुन्छ। घण्टीबाट निस्कने ध्वनि चमत्कारी हुन्छ । घण्टीको आवाजले नकारात्मक ऊर्जाको असर हटाइ सकारात्मक वातावरण निर्माण गरिदिन्छ ।

मन्दिरभित्र पस्नु अघि घण्टी बजाउनु भगवानलाई आफू मन्दिरमा आएको आव्हान गर्नु पनि हो । घण्टीको आवाजले मन्दिरमा स्थापित देवी देवताको मूर्तिमा चेतना जागृत हुन्छ र तत्पश्चात पूजा र आराधना एकदम फलदायक र प्रभावशाली हुने गर्दछ। घण्टीको आवाजले धार्मिक विचार जन्मिने, मन शान्त हुने, चिन्तन गर्ने क्षमता बढ्ने तथा एकाग्रता बढाउने गर्दछ । घण्टी बजाउनाले मानव जीवनको कैयौं पापहरु नष्ट हुने धार्मिक विश्वास पनि रहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update