काठमाडौंमा बालेन शाहको अग्रता कायमै
                        
                        
                                                
                                            
                                                                    काठमाडौं, वैशाख ३१। काठमाडौं महानगरपालिकामा अहिलेसम्मको गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेको छ ।
बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएको छ । नेकपा एमालेका केशव स्थापितले ३ सय ६६ मत प्राप्त गर्दै शाहलाई पछ्याइ रहनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १९:०७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
