स्थापितलाई ठूलो मतान्तरले पछाडि पार्दै बालेन, कसको मत कति ?
                        
                        
                                                
                                            
                                                                    
काठमाडौं, जेठ ३। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उहाँका प्रतिस्पर्धी एमालेका केशव स्थापितबीचको मतान्तर बढिरहेको छ।
साह ४५ सय मतले अगाडि बढिरहनु भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार काठमाडौं महानगरको २५ हजार ५२ मत गन्दा शाहले १० हजार २ सय ४१ मत प्राप्त गर्नु भएको छ ।
एमालेका मेयर उम्मेदवार केशव स्थापितले अहिलेसम्म ५ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०९:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
