गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी
                        
                        
                                                
                                            
                                                                    
       ललितपुर, जेठ ५। ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी हुनुभएको हो ।
प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी हुनुभएको थियो । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाउनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाउनुभएको छ ।
उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:४०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
