काठमाडौं महानगरपालिकामा बालेन साहको फराकिलो अग्रता कायमै
                        
                        
                                                
                                            
                                                                    
      काठमाडौं, जेठ ८। काठमाडौं महानगरपालिकाको मेयर पदको एक लाख १६ हजार आठ सय ८५ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गरेर फराकिलो अग्रतालाई निरन्तरता दिनुभएको छ। साहले १७ हजार चार सय २४ मतकाे अग्रता बनाउनुभएकाे छ । 
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत तथा नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १७:१८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
