ललितपुरमा चिरीबाबुको मत चालिस हजार नाघ्यो
                        
                        
                                                
                                                    
                                तीन हजार आठ सय मत गन्न बाँकी
                            
                                            
          ललितपुर, जेठ १०। ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म कांग्रेसका चिरीबाबु महर्जनले ४०२६३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले २३८१० मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्यले २४१३९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८०११ मत प्राप्त गर्नुभएको छ ।
ललितपुर महानगरपालिकामा अहिलेसम्म बयासी हजार चालिस मत गणना सकिएको र अब तीन हजार आठ सय मत गन्न बाँकी रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १४:०३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
