Kath khabar
२०७७ बीए प्रथम वर्षको नतिजा सार्वजनिक


               काठमाडौं, कात्तिक ३०।  त्रिभुवन विश्वविद्यालयले बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले १५ महिना अघि २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै विद्यार्थीहरुले नतिजा प्रकाशन गर्न दबाब दिँदै आएका थिए ।

नतिजामा समस्या देखिएका विद्यार्थीहरुले आफूले अध्ययन गरेको क्याम्पस र सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवेशपत्र प्रमाणीकरण गराएर मंसिर १० गतेपछि मानविकि गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update