Kathkhabar
नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना वीरगञ्जबाट पक्राउ


              पर्सा, मंसिर २ ।  पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जनालाई पक्राउ गरेको छ ।

गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१-०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र २ सय ५० थान स्वस्तिक छाप तथा २ लाख ५० हजार नगद सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको नक्कली मतपत्र तथा स्वस्तिक छाप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेको छ ।  यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update