Kath khabar
काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

 

           काठमाडौं, मंसिर ७। काठमाडौं क्षेत्र नम्बर २ मा  प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ ५२ हजार ९ सय ५६ मत खसेकोमा २ हजार १ सय १६ मत बदर भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update