Kath khabar
भक्तपुरको खरिपाटीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


                       भक्तपुर, वैशाख ९ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा.प्र.०२–०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update