Kath Khabar
नेप्से सुचक तथा कारोवार रकम दुुबैमा करेक्सन

काठमाडौं, असार १ । नेप्से सुचक तथा कारोवार रकम दुबैमा आज मंगलबार करेक्सन आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज तीन दशमलव ७२ अंकले घटेर तीन हजार २२ दशमलव १० अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंकले बढेर पाँच सय ५० दशमलव २६ अंकमा चढेको छ । आज दुुई सय २६ वटा कम्पनीहरुको एक लाख ६४ हजार सात सय ९० पटकको कारोवारमा तीन करोड नौ लाख ४८ हजार आठ सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । यसबाट आज कारोवार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार सात सय ३९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंंक, विकास बैंंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र लघुुवित्त सहितका आठ वटा समुहको सुचक घटेका छन् भने होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका पाँच वटा समुहको सुचक बढेका छन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सिईडिबी हाईड्रो पावर कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी, युनियन हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने सेन्ट्रल फाईनान्स, छ्याङदी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज नेपाल पुर्नबीमा कम्पनी, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रा.ली. आदिको बढी रकम कारोवार भएका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update