
काठमाडौं, असार २५ । काठमाडौंको टोखामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका-१ बिलन्दी घर भइ हाल थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन रहेका छन् ।
मंगलबार टोखा नगरपालिका- ६ ग्राण्डि सडक खण्डमा बा.प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । मृतकका बुवाले भने घटना शंकास्पद रहेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्रन मानेका छैनन् ।
मृतक सोनाम मलेसियामा रोजगारी गरेर फर्किएका थिए । उनी एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए ।