
काठमाडौं, असार २४ । चीनमा आएको अविरल वर्षाका कारण रसुवाको ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढीमा परेर बेपत्ता भएका १८ जनाको नाम पहिचान भएको छ ।
बेपत्ता भएकाहरू ९ जना नेपाली, ६ जना चिनियाँ नागरिक र ३ जना सुरक्षाकर्मीहरु रहेका छन् । वेपत्ता हुनेहरू मध्ये इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछाप लिखु तामाकोशी–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा दरबन्दी भई टिमुरेमा कार्यरत बारा फेटा– १ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ दरबन्दी भई टिमुरेमै कार्यरत प्रहरी जवान बझाङ बुंगल– ९ का २३ वर्षीय लोकेन्द्र बोहोरा रहेका छन् ।
नेपाली नागरिकमध्ये बेपत्ता हुनेमा बर्दिया घर भएका सन्तोष दइत, बुद्धिराम थारु, जिपन चौधरी, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।
बेपत्ता ६ जना चिनियाँ नागरिकहरूमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन् । उनीहरूकाे उमेर खुलेकाे छैन ।