Kath Khabar
अब नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने

                           काठमाडौं, असार २० । आगामी आर्थिक वर्षदेखि नियुक्त सरकारी कर्मचारीलाई सरकारले पेन्सन नदिने भएको छ ।

 सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट नियुक्त हुने सबै कर्मचारीहरूका लागि विद्यमान पेन्सन र उपदान योजनालाई प्रतिस्थापन गर्दै त्यसको सट्टा उनीहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने भएको छ ।

अर्थ मन्त्रालयले यस सम्बन्धमा सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आवश्यक तयारी र कार्यान्वयनका लागि परिपत्र पठाएको छ ।  यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले पेन्सन तथा उपदानको पाउँदै आएका थिए ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू भएसँगै कर्मचारीहरुको दीर्घकालीन सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने र राज्यको वित्तीय दायित्वलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update