Kath Khabar
पहिलो कारोवार दिन मैै ६३ अंकले घट्यो नेप्से

काठमाडौं, असार ६ । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ६३ दशमलव २८ अंकले घटेर २९ सय पाँच दशमलव १४ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ अंकले घटेर पाँच सय २८ दशमलव ५१ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय ३१ वटा कम्पनीहरुको एक लाख २८ हजारा दुई सय ८१ पटकको कारोवारमा दुुई करोड ७३ लाख ४४ हजार पाँच सय ११ कित्ता शेयर खरिद बिक्री भएका छन् भने कुुल शेयर कारोवार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुुई सय ८९ रुपैयाँ पुुगेको छ ।  

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, लघुुवित्त सहितका १३ वटै समुहको सुचक उच्च अंकले घटेर नेप्से पुरै रातो भएको छ ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज कुमारी बैंकको संस्थापक शेयर, तारागाउँ रेजिडेन्सी होटल आदिको शेयर मुल्य बढेका छन् भने युनियन हाईड्रो पावर कम्पनी, सिईडीबी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदि परेका छन् ।  

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update