नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौं, असार ८ । नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत लाभांस बितरण गर्ने भएको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको तीन सय ४० औं बैठकले गत आर्थिक बर्षको वित्तीय बिवरण अनुसार वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट चुक्ता पुंजी १० अर्ब रुपैयाँ मध्येबाट २० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांस मध्ये १६ दशमलव ५० प्रतिशत बोनस शेयर र तीन दशमलव ५० प्रतिशत नगद लाभांस रहेको छ । लाभांस वितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल सरकार एवं नियमनकारी निकाय बीमा समितीको स्वीकृती पश्चात आगामी बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८ ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय