Kath Khabar
जेब्राक्रसिङमा पैदल यात्रुले बाटो काट्न आधुनिक शैली सुरु

 

                     काठमाडौं, मंसिर ११ । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडिको जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैली सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ लागतमा सञ्चालनमा ल्याएको ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज सोमबारबाट सञ्चालनमा आएको हो ।

यो प्रयोग गर्दा जेब्राक्रसको छेउमा रहेको पोलमा बटन थिच्नुपर्छ । बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ । रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्छन् ।

यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।’, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखले भने ।

महानगरले अब यस प्रकारका लाइट काठमाडौंका ३५ स्थानमा राख्ने तयारी गरेको छ । यात्रुहरूको बढि भिडभाड हुने क्षेत्र तथा स्कुल क्षेत्रहरुमा यस प्रकारको लाइट राखिनेछ ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update