Kath Khabar
नेपालमै पहिलोपटक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ को सुरुवात, यस्ता छन् विशेषता



                          काठमाडौं, पुस २३ । नेपालमै पहिलोपटक नियर फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि NFC डिजिटल भिजिटिङ्ग कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ हो ।

चिप प्रविधिमा आधारित कार्डमा एटिएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरू राखिएको हुन्छ । यसलाई आफूले बिभिन्न बैंकहरूको एटिएम कार्ड बोकेझै गरी लिएर हिड्न मिल्ने हुन्छ । जसले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरु सजिलैसँग अन्य व्यक्तिहरूलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारीहरू सजिलो र बिना झन्झटिलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको ‘कन्ट्याक लिस्टमा सेभ गर्न सकिन्छ ।

विकसित मुलुकहरूमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएतापनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रा.लि. मार्फत नेपालमा भित्राएका हुन् । बानियाँ र अर्याल दुबै युवा व्यवसायी एवं सामाजिक अभियन्ता हुन् । अर्याल यस कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन् । कम्पनीको सीईओ बङ्गलादेशका अबुल हसनत आईटीमा दख्खल राख्छन् । कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो ।

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टै भिजिटिङ्ग कार्ड, अनलाइन र अफलाईन दुवैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुने, व्यक्तिगत नाम ‘इम्बोस्ड’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै विशेषता रहेका छन् । यसका साथै कम्पनी वा बिजनेश प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यु’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यु’ दिन सकिने कम्पनीले जनाएको छ ।

कार्डको सफ्टवेयर ए.आई. प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ । यसको डाटाहरुलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरू अपनाएकोले डाटा हराउने तथा दुरुप्रयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले जानकारी दिए । चर्को मूल्य तिरेर वर्षेनी भिजिटिङ् कार्ड छाप्ने झन्झटमा मुक्ति पाउनका लागि यो कार्ड बहुउपयोगी हुने कम्पनीका अध्यक्ष अर्यालले बताए । उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्‍याएको हुँदा यो कार्ड वातावरण मैत्री समेत छ ।

कार्डको सुरुवाती मूल्य चार हजार राखिएको छ । जसमा कम्पनीले आकर्षक कार्ड बक्स सहित कार्ड उपलब्ध गराउने छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update