Kath Khabar
सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा भेटिए

                      सिन्धुली, साउन १२ । सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवार कास्कीको पोखरामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले भेटिएका १६ जनाको नाम सार्वजनिक गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको बताइएको छ ।

उनीहरु सिन्धुलीबाट पोखरा गाडी रिजर्भ गरेर पुगेको खुलेको छ । शनिबार पोखरा पुगेर त्यहाँको जननी भन्ने होटलमा तीनवटा कोठा बुक गरेर बसेको र भोलिपल्ट त्यहाबाट कोठा छोडेको बताइएको छ । त्यहाबाट उनीहरु स्थानीयको घरमा दुई घरमा बाँडिएर बसेका थिए । प्रहरीका अनुसार उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन् ।

यसअघि हायू परिवारका माइली छोरी सुजता सम्पर्कमा आएकी थिइन् । उनी तीन महिनादेखि श्रीमान्‌सँगै काठमाडौंमा बस्दै आएकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तर हराएका परिवारहरुको नामावलीमा उनको नाम पनि उल्लेख थियो । उनले परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी थिइन् ।

प्रहरीले सार्वजनिक गरेको हायू परिवारका सदस्यहरू:

१. उर्मिला हायू
३. कोमल माया हायू
४. उषा हायू
५. अस्मिता हायू
६. राजु हायू
७. हिमाल हायू
८. लालबहादुर हायू
९. वेगबहादुर हायू
१०. लक्ष्मण हायू
११. सुवर्ण हायू
१२. ओमकुमारी हायू
१३. अर्जुन हायू
१४. रियासा हायू
१५. शान्ता हायू

 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update