काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
शनिबार, असोज १२, २०८१

विपद् अपडेट : ८७ जनाको मृत्यु, ७२ बेपत्ता
शनिबार, असोज १२, २०८१
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् ।
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
शनिबार, असोज १२, २०८१
कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । (रासस)

कुलेखानीको ड्याम भरिने अवस्थामा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह
शुक्रबार, असोज ११, २०८१
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गर्नुभयो ।
साताको लोकप्रीय