Kath khabar
जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

              पाेखरा, भदौ ८ ।  जुम्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो परेको छ । स्याउ पाकेसँगै किसानहरुलाई स्याउ टिप्ने चटारो परेको हो । तिला गाउँपालिका-१ का स्याउ किसान माने रावतले स्याउ बिक्रीका लागि बजारसम्म पुर्याउन हतारो भएको बताउनुभयो । अहिले गाउँमा बगैंचाका स्याउ टिपेर बिक्री समेत गर्न थालिएको छ ।

किसानहरुले स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ। बर्गैचाबाट प्रतिकेजी ६० रुपैयाँमा स्याउ बिक्री हुन थालेको किसानहरुले बताएका छन् ।

बजारमा जुम्ली स्याउको माग धान्नै नसक्ने अवस्थामा पुगेको छ । माग अनुसारको आपूर्ति गर्न नसकिएको पनि किसानहरुको भनाइ छ । स्थानीय व्यापारीले सुर्खेत नेपालगञ्ज लगायतका बजारमा पुर्याएर स्याउ बेच्ने गर्दछन् । स्थानीय बाहेकका स्याउ भने अझै पाकिसकेका छैनन् ।

कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसान देखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update