Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

              काठमाडौं, भदौ ३० ।  नेपालमा कुल जनसख्याको ६५ प्रतिशत भन्दा बढी जनसख्याको जीविकोपार्जनको प्रमुख आधार रहेको कृषि क्षेत्र मध्ये मसलाबाली प्रमुख बाली मध्ये एक हो ।

मसला भन्नाले मसलाबालीहरुबाट प्राप्त हुने सुगन्धित बीउ, फल, पात, बोक्रा, जरा, काण्ड, फूल साथै अन्य भाग जसले हाम्रो खानालाई आकर्षक, स्वादिलो, रंगीन र वास्नादार बनाउनमा सहयोग पुर्‍याउँदछन्।

मसलाको प्रयोग : 

  • औषधि प्रयोजनको रुपमा
  •  खाद्य पदार्थमा मिसाउनको लागी
  •  श्रृङ्गारका सामाग्रीहरुमा प्रयोगहुने
  •  प्राकृतिक रंगको रुपमा
  •  औद्योगिक महत्व
  •  खाद्य संरक्षणमा
  • धार्मिक प्रयोजनमा

मसलाको वर्गीकरण 

 प्रमुख मसलाबालीहरु :

  • अलैंची, अदुवा, बेसार, लसुन, प्याज, खुर्सानी, मरिच ।

 बीउको रुपमा प्रयोगहुने मसलाहरु :

  • धनिया, मेथी, जीरा, ज्वानो, तोरी, सस्र्यूँ, सोफ, रायो, तिल ।

 रुख मसलाहरु :

  • जाईफल, दालचीनी, टिमुर ।

 पात मसलाहरु :

  • जिम्बु, तेजपात, करीपत्ता, सयपत्री 

आर्थिक बर्ष २०७७/७८ मा अलैची, अदुवा, बेसार, खुर्सानी, तथा लसुन लगायतका मसलाबालिको उत्पादन आर्थिक बर्ष २०७६/७७ भन्दा ०.५७ प्रतिशतले बृद्दी भै जम्मा ५ लाख ५३ हजार ४३५ मेट्रिक टन पुगेको छ भने उत्पकदत्व ८.०१ प्रतिशत मेट्रिक टन प्रति हेक्टर रहेको छ। मसलाबालीहरु मध्ये अदुवाबालीको क्षेत्रफल र उत्पादन अनुपातका आधारमा अग्रस्थानमा पर्दछ भने अलैची अन्तिम स्थानमा पर्दछ। अदुवा बालीको उत्पादन २ लाख ७९ हजार २०६ मेट्रिक टन छ भने उत्पकदत्व १२.७४ मेट्रिक टन प्रति हेक्टर छ। येसैगरि अलैचीबालीको उत्पादन ८ हजार २८९ मेट्रिक टन छ भने उत्पकदत्व ०.५३ मेट्रिक टन प्रति हेक्टर छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update