Kath Khabar
हमासद्वारा विपिन जोशीको मृत्यु भएको पुष्टि, शव इजरायल पठाइने

                 काठमाडौं, असोज २७ । हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ ।

हमासको सशस्त्र शाखा अलकसम ब्रिगेड्सले जारी गरेको विज्ञप्तिमा मृतक बन्दीहरूको पहिचान गाय इलुज, योसी शाराबी, विपिन जोशी र ड्यानियल पेरेजका रूपमा गरिएको छ । “हामी अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार शवहरू इजरायली पक्षलाई हस्तान्तरण गर्नेछौं”, विज्ञप्तिमा भनिएको छ ।

सन् २०२३ को अक्टोबरमा इजरायलमा आक्रमणमा परेका नेपालको धनगढीका विद्यार्थी विपिन जोशी जिवीत नरहेको दुःखद खबर आज मात्र इजरायलले औपचारिक रुपमा गराएको हो  । दुई वर्षदेखि परिवार गाजामा बन्धक बनाएका विपिन घर फर्किने आशमा बाटो कुरेर बसेका थिए।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update