
काठमाडौं, असोज २९ । जेनजी युवाहरूले विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् ।
हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिनको सम्झनामा बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न लागेको जेनजी अगुवा रक्षा बमले फेसबुक मार्फत जानकारी दिएकी छन् ।
विपिन जोशीलाई फिर्ता ल्याउनका लागि तत्कालिन राज्यसत्ताले उचित कुटनैतिक पहल चालेको पाईएन भन्दै उनले फेसबुकमा लेखेकी छन् -
बिपीन जोशीको सम्झनामा दीप प्रज्वलन ।
फेरी एउटा आशामा तुषारापात भयो । फेरी एउटा उज्यालो कहिल्यै नफर्कनेगरी अस्तायो । बिपीन जोशीलाई हमास बिद्रोहीहरूले बन्धक बनाईसकेपछि पनि उनलाई फिर्ता ल्याउनका लागि तत्कालिन राज्यसत्ताले उचित कुटनैतिक पहल चालेको पाईएन । यसरी भविष्य बनाउन हिडेको एउटा उज्यालो कहिल्यै नफर्कनेगरी अस्ताएको छ ।
हार्दिक श्रद्धाञ्जली बिपीन । तिमीलाई हामी सँधै सम्झिरहनेछौ ।
We are sorry. We couldn’t bring you back home.
२९ असोज २०८२, बुधबार
समय: ५:३० बजे
माईतीघर मन्डला, काठमान्डौ
Let’s meet there