Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

                  काठमाडौं, असोज ३ ।  बहसुंख्यक नेपाली जनताको आय र रोजगारीको प्रमख श्रोत रहेको कृषि क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको छ । तथापी कृषि व्यवसायीकरण मार्फत देशमा ब्याप्त गरिबी निवारण तथा आर्थिक सम्वृद्धि हासिल गर्न विभिन्न चुनौतीहरु रहेका छन । अधिकांश साना कृषक रहेको हाम्रो सन्दर्भमा त्यस्ता कृषकहरुको कृषि उत्पादकत्व बृद्दि नभए सम्म देशको समग्र खाद्ध सुरक्षा र गरिबी न्युनीकरण सम्भव हुने देखिदैन । यसका लागि कृषकहरुले स्थानीय ज्ञान र सिपमा आधारित सजिला र अनुकुलन योग्य कृषि प्रविधिहरुको प्रयोग गर्नु उपयुक्त देखिन्छ ।

जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा विभिन्न किसिमका चुनौती तथा अवसरहरुको सृजना गरेको छ। यसमा पनि अवसरहरु भन्दा जलवायु परिवर्तनबाट नेपालको कृषि प्रणालीको जलवायु संकटासन्नता जस्तै खडेरी, अनियमित बर्षा, बाढी, पहिरो, रोग कीराहरुको प्रकोप आदी जस्ता जलवायुजन्य खतराहरुबाट हुने क्षति हरेक वर्ष बृद्दि हुँदै गएको छ। फलस्वरूप कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व ह्रास हुँदै गएको र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान घट्दै गएको देखिन्छ । नेपालको कृषि प्रणालीको दिगो विकास गर्नका लागि कृषि प्रविधिहरुको प्रभावकारी कार्यान्वयन र विस्तार अपरिहार्य भएको छ जसको अवलम्बनबाट कृषि उत्पादन र उत्पादकत्वमा बृद्दि भई गरिबी न्युनीकरण र खाद्ध सुरक्षामा टेवा पुग्दछ।

दलहन बाली : 

दलहन बाली अन्तर्गत मसुरो, मास, चना, रहर, भटमास, खेसरी, गहत, लगायतका बालीमा समावेश छन्। दलहन बालिहारु मध्ये मुसुरो बाली (६२.४ प्रतिशत) उत्पादन तथा क्षेत्रफलकै हिसाबले पहिलो स्थानमा छ भने चनाबाली (२.८ प्रतिशत) उत्पादन अन्तिम स्थानमा छ। आर्थिक बर्ष २०७७/७८ मा जम्मा ३ लाख ९४ हजार मेट्रिक टन दलहनबाली उत्पादन भएको छ भने उत्पकदत्व १.१८ मेट्रिक टन प्रति हेक्टर रहेको छ l  आर्थिक बर्ष २०७६/७७ भन्दा १.७५ प्रतिशत उत्पादनमा कमि आएको छ l

 

Source : Statical Information on Neplese Agriculture

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update