Kath Khabar
नेपालमा प्रदर्शन हुनु पुर्व नै 'प्रेम गित ३' को हिन्दी संस्करण लिक


                 काठमाडौं, असोज ९। शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र 'प्रेमगित ३' को हिन्दी संस्करण लिक भएको छ । नेपालमा प्रदर्शन हुनु पुर्व नै ‘अनएथिकल’ एप ‘टेलिग्राम’ लगायतका साइटहरूमा प्रेम गित ३ को हल प्रिन्ट लिक भइसकेको छ । रिलिज हुनुपुर्व नै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।

नेपालमा हाल यस चलचित्रको नेपाली संस्करण प्रदर्शनमा छ भने निर्माण पक्षले यस अघि नै नेपालमा पनि हिन्दी संस्करण रिलिज गर्ने घोषणा गरेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले हिन्दी संस्करण नेपालमा सोमबार मात्र रिलिज हुने जनाइएको छ ।

भारतमा दर्शकबाट फिल्मको मिश्रित प्रतिक्रिया आइरहेको छ । कसैले राम्रो भनेका छन् भने कसैले कमजोर भनेका छन् । यद्यपि, प्रेम गीत ३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । सीमित शोका बाबजुद प्रेम गीत-३ ले राम्रो व्यापार गर्न सफल भएको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update