Kath Khabar
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

                      काठमाडौं, वैशाख २५ । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक आज बिहान ६ः१५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा३ख ७०६२ नम्बरको बसले एउटै दिशामा गइरहेको मारुती भ्यान बा.प्र.०१–०२६च २९२७ र मोटरसाइकल  बा.प्र. ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीका अनुसार ‍कोटेश्वर-तीनकुने सडकको मुनीभैरव मन्दिर अगाडिको ट्राफिक लाइट रातो बलेपछि रोकिएको भ्यान र मोटरसाइकल कोटेश्वरतिरबाट तिब्र गतिमा आइरहेको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई ललितपुरको धोबीघाटमा बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हाे । घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ भने बस चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update