Kath Khabar
रासायकिन मलका लागि अनुदानका लागि १२ अर्ब, उखु किसानका लागि ८४ करोड

काठमाडौं, जेठ १५ । रासायनिक मलका लागि १२ अर्ब  रकम बजेट विनियोजन गरेको छ । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत् रासायनिक मलको लागि १२ अर्ब अनुदान उपलब्ध गराउने भएको हो । जसले मलको समस्या नहुने सरकारको भनाई रहेको छ । यस्तै उखु किसानले उखु बिक्री गरेको १५ दिन भित्र भुक्तानी हुने गरी ८४ करोड विनियोजन  गरेको छ । जस्ले गर्दा उखु किसानले उखु बिक्री गरे बापत् सहज भुक्तानी पाउने छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update