Kath khabar
नेपालको कृषि : अलैंची खेती

                  काठमाडौं, असोज २७ । अलैँची अदुवा-बेसार जस्तै Zingiberaceae परिवार अन्तर्गत पर्दछ। नेपालमा पाइने अलैँची Amomum subulatum Roxb हो । Amomum वंशमा सबै भन्दा बढी लगभग १५० प्रजाती पाईएको छ । 

अलैँचीको कान्ड जमिनमुनि वा सतहमा हुन्छ । जसलाइ गानो भनिन्छ । त्यस गानोबाट फूलहरु फूल्छ र फल लाग्छ । फल लागेको ४-५ महिनामा फल परिपक्व हुन्छ अथवा पाक्छ । यस फलको रङ पाकेको अवस्थामा बैजनि वा खैरो हुन्छ र यो फल त्रिभुज आकारमा लम्बाइ ३ से.मि. र चौडाइ २ से.मि. फैलिएको हुन्छ । यो फल भित्र ३०-५० वटा स-साना खैरो रङको दानाहरु लिसाइलो र स्वादमा गुलियो जस्तो गुदिसङ्ग रहेको हुन्छन्।

अलैँचीमा पाइने तेलले गर्दा बास्नादार भएको हो । अलैँचीलाई मसलाको रानी (Queen of Spices) भनेर चिनिन्छ। यसको तेलमा मुख्य रुपमा सिनेओल (Cineole) ६५-८० % र थोरै मात्रामा टर्पिनायल एसिटेट (Terpinyl Acetate) नगन्यदेखि ५% सम्म हुन्छ।

अलैँची कोठी :

राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा "अलैँची कोठी" खोलेका थिए। त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो। तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए। वि.सं. १९९० को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो। २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष २०३२-३३मा "कृषि वर्ष" मनाउँदा सरकारले ४ लाख बेर्ना वितरण गरेको थियो। २०३३ मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो।

उपयोगिता :

  • अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्त्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ ।
  • यसको सुगन्धित बीयाँबाट  Cineole  नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ ।
  • बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ । आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी (Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ ।
  • अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिन्छ ।
  • सौन्दर्य प्रशाधनहरू निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छिले टोकेमा बिषनाशक औषधि (Antidote) को रूपमा अलैंचीको प्रयोग गरिन्छ ।
  • चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाई लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक  (Gonorrhea), अदाहा र नसा सम्बन्धी रोग (Neuralgia), मूत्ररोग आदि रोगहरूको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ ।

अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैंची खेती गर्न सकिन्छ । अलैंची खेतीले भूक्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउपुर्‍याउँछ ।

रोगहरू :

अलैँचीमा पातमा छिर्का देखिने छिर्के भाईरस, गाँजमा जमरा जस्ता बिरुवा देखिने फुर्के भाईरस र गानो कुहिएर बोट मर्ने आदि रोगहरू लाग्छन्, जसले उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म कमी ल्याउने गर्दछ । रोगको लक्षण तथा उपचार छिर्के भाईरस

पहेंलो छिर्का संगै पात पहेंलिदै अन्तमा कालो भएर सुक्छ र एक वोटबाट अर्को बोटमा छिटो सर्छ । उत्पादनमा ८० ५ सम्म ह्रास गराउँछ । यसको नियन्त्रणको लागि गानो सहित रोगी वोट उखेलेर डढाउने, मकैंमा लाग्ने लाही कीराले यो रोगको बिस्तारमा मद्दत पुर्‍याउने हुँदा अलैंची खेती नजीकै मकैं खेती नगर्ने र लाही कीरालाई नियन्त्रण गर्ने जस्ता उपायहरू अपनाउन सकिन्छ ।

फुर्के भाईरस :

यस रोग लागेका अलैंचीका झ्याङका लाँक्राहरू अत्यन्तै छोटा हुन्छन्, फूलहरू गुचुमुच्च परेका हुन्छन् र फल लाग्दैनन् । समय मै नियन्त्रण नगरिए बगानै सखाप हुन्छ । त्यसैले उक्त रोगलागेको अलैंचीका झ्याङका गानो सहित रोगी वोट उखेलेर त्यस ठाँउमा बीउबाट उमारिएको साउने जातको स्वस्थ्य वेर्ना लगाउने, केराउमा लाग्ने लाही कीराले यो रोगको बिस्तारमा मद्दत पुर्‍याउने हुँदा अलैंची खेती नजीकै केराउ खेती नगर्ने र सिस्टमिक बिषादी जस्तैः मालाथियन ५०५ सेभीन ५०५ डेमीक्रन ५०५ वा मेटासिड ५०५ प्रयोग गर्ने गर्नुपर्दछ ।

जरा कुहाउने भाईरस :

लाँक्रा पहेंलिएर जान्छ र पछि मर्छ बिस्तारै पुरै झ्याङ नै कुहिएर सखाप हुन्छ । यसरोगको नियन्त्रणको लागि रोगी वोट गानो सहित उखेलेर हटाई एकवर्ष सम्म केही पनि नलगाई बाँझो छोड्ने र अर्को वर्ष त्यस ठाँउमा स्वस्थ्य विरुवा रोप्ने प्रति झ्याङ १०० ग्रामका दरले कृषि चुनको प्रयोगले यो रोगको प्रकोप क्रमशः घट्दै जान्छ ।

झुसिल्कीरा :

अलैंचीमा Eupterote प्रजातीका झुसिल्कीरा (Cardamon hairy caterpillar)हरूले पात खाई निकै ठूलो क्षति पुर्‍याई विरुवालाई पुरै नांगो बनाउँछन् । यी लाभ्रेहरू शुरुमा एकै ठाँउमा बसेर पातको हरियो भाग कोत्रेर खान्छ्न् जसले गर्दा पातहरू कागज जस्ता सेता देखिन्छन् अलि हुर्केपछि लाभ्रेहरू तितरवितर भई एक्लाएक्लै खान थाल्छन् यसले उतिसको रुखमा पनि क्षति पुर्‍याई नांगै पार्छन् र उतिसको वोटबाट रेशमी धागोको सहाराले झुण्डिएर अलैंचीका वोटमा सर्दछन् । झुसिल्कीरा नियन्त्रणका लागि यी कीराहरू सानै छँदा एकै ठाँउमा बसेर खाईरहेको बेला तिनलाई जम्मा गरेर नष्ट गर्ने, मालाथियन ५०५ झोल बिषादी १२०० देखि १६०० मिलि वा फेनिट्रोथायन ५०५ झोल बिषादी ६०० देखि ८०० मिलि प्रति ६०० देखि ८०० लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्नुपर्छ ।

क्रमश :

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update