Kath khabar
नेपालको कृषि : केशर (Saffron) खेती

 

                 काठमाडौं, असोज ३१ ।  केशर एक बहुमुल्य तथा दुर्भल वनस्पति हो । लसुन वा प्याजको आकारको सेतो गानो यसको बिउ हुन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर हुन्छ । यो फूलेको बेला मन लोभ्याउने दृष्य देखिन्छ । हलुका कोप्रो आकारको यस फूलको बीजबाट २-३ वटा राता रङका लामा र मसिना केस्रा निस्कन्छन् । ती प्रायः ६ देखि ८ सेन्टिमिटर, लामा हुन्छन् । र, ती केस्रासँगै छोटा आकारमा पहेला रङका केही मुना पनि निस्किनछन् । नीलो, रातो र पहेलो रङको सम्मिश्रणमा यो वनस्पतिले धरती सजाउँछ । विश्वमा दुर्भल मानिएको केशर खेतीले आन्तरिक एवं बाह्य पर्यटकलाई समेत आर्कशित गर्छ । 

दक्षिण यूरोपमा बढी फल्ने केशरको माग दिन प्रतिदिन बढ्दो क्रममा छ विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने र प्रति के.जि १० लाखमा बिक्री हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईँदैन । नेपालको पछिल्लो तथ्याङ्कका अनुसार ७ देखि १० केजि सम्म मात्रै यसको उत्पादन भएको पाईन्छ । विश्वमा केशरको खेती गर्दै आएका देशमा स्पेन, फ्रान्स, इटाली, ग्रीस, टर्की, भारत, चीन र जापान रहेका छन् ।

केशरको उपयोगिता :

केशरको प्रयोगले नसा बलियो पार्ने, दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगी, मुटुको रोगमा उपयोगी, पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने गर्छ । केशरको उपयोगिता र गुण धेरै रहेको पाईएको छ । केशरलाई दूध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा उर्जा प्राप्त हुनुका साथै अनेक रोग संग लडनको लागि शरीरमा रोग प्रतिरात्मक क्षमता बढाउने गर्छ । गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चकम आउने, पाचनप्रणाली ठिक रहने, मधुमेह नियन्त्रण हुने, कामशक्ति वृद्धि हुने जस्ता प्रशस्त फाईदा हुने विज्ञहरुले बताएका छन् । र्यासागुम्बामा हुने गुणहरु समेत केसरमा पाईने साथै केशरलाई बहुमुल्य मसलाको रुपमा प्रयोग पनि गरिने गरिन्छ ।

केशरको कृषि पद्धती :

समुद्र सतहबाट करीव १५०० देखि २५०० मिटरको उचाईमा यसको खेति राम्रो हुन्छ । ओसिलो वातावरण, बालुवा मिश्रित चिम्टाईलो माटो र प्रांगरिक मल यो खेतिको आवश्यक खुख्य आधार हो । तुषारो तथा हुस्सुले नष्ट नगरोस् भनेर एन्टिफग् पाउडर र दाउराका काला कोईला पनि पिठो बनाएर माटोमा प्रयोग गर्न सकिन्छ ।

माटोलाई हलुका डिल वा ड्याङ बनाएर त्यसमाथी केशरको बीच करिव ४ देखि ६ इन्चसम्मको फरकमा रोपिन्छ, साउन महिनाको सुरुवाती यो रोपिन्छ भने असोजको मध्यतिर फूल टिप्न तयार हुन्छ । जब फूलबाट राता केस्रालाई अलग गरिन्छ । फूलका यिनै राता केस्रा नै विश्वबजारमा अति मुल्यवान औषधिका रुपमा चिनिन्छ बिक्री हुन्छ । 

यस खेतीबाट केही रोजगारी सृजना हुन्छ भने यसले देशकै आर्थिक वृद्धिदरमा पनि सहयोग पुर्याउने निस्चित छ । यस किसिमको खेतीका लागि सरकारले पनि चासो र लगानी अभिवृद्धिमा सहयोग गर्न जरुरी हुन्छ ।

केशरको व्यवसाय :

विश्वबजारमा केशरको मूल्य अत्याधिक छ । प्रति केजी ८ देखि १० लाखसम्म नेपाली रुपैंयाँ मूल्य पर्ने केशरको व्यवसाय र व्यवसायिक खेती नेपालमा शुन्यप्राय छ । यसको खेतिका निम्ति उपयुक्त जमिन र वातावरण नेपालमा भरपुर छ । तर, हालसम्म सरकारले कुनै चासो नदिएको कारण नेपालमा केशर खेतिको उत्पादन हुन नसकेको स्थिती छ । नेपालजस्तो निम्न अर्थतन्त्र भएको मुलुकमा यस्तो बहुमूल्य र गुणकारी केशरको खेती हुन जरुरी छ ।

क्रमश :

 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update