Kathkhabar
भक्तपुरमा कुटपिटबाट एकजनाको मृत्यु, घटनामा संलग्न व्यक्तिहरु प्रहरी नियन्त्रणमा


          भक्तपुर, मंसिर ४ । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको छ ।  झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।  

 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update