Kath khabar
बीवाईडीको नयाँ सोरुम ललितपुरमा


                    ललितपुर, माघ ४ । विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी बीवाईडीले गर्वका साथ ललितपुरको पुल्चोकमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा बुधबार उक्त शोरुम सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गर्नुभयो ।

यस शोरुम उद्घाटनले बीवाईडीको विस्तार रणनीतिमा एक महत्वपूर्ण कोसेढुङ्गाको कार्य गरेको छ, जसले विद्युतीय सवारी साधन प्रविधिमा भएको नवीनतम प्रगति र दिगो यातायातको लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको छ । सम्भावित खरिदकर्ता र ग्राहकहरूका लागि यसले 'वान स्टप सोलुसन’ प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सियलको साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुनेछ । यसले बीवाईडीको पहुँचयोग्य र दक्ष चार्जिङ पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतालाई समेत प्रमाणित गर्छ ।

उक्त अत्याधुनिक शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन् ग्राहकले त्यहाँ ती सवारी साधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्नेछन् । विश्वको नम्बर १ न्यु इनर्जी भेइकल सेल्स च्याम्पियनको रुपमा बीवाईडीले अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न नेतृत्व गरिरहेको छ । ललितपुरमा उद्घाटन गरिएको नयाँ शोरुमले पनि विश्वव्यापी रुपमा दिगो मोबिलिटी समाधान प्रदान गर्ने बीवाईडीको प्रतिबद्धतालाई उजागर गर्दछ ।

शोरुम उद्घाटनको अवसरमा नेशनल सेल्स हेड श्री प्रकाश तुलाधरले आफ्नो उत्साह बाँड्दै भन्नुभयो, - 'ललितपुरमा यो नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौं । यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवद्र्धन गर्न एक हबको रूपमा समेत कार्य गर्दछ ।

आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिनेछ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् ।

यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update