
काठमाडौं, माघ १४ । डेल टेक्नोलोजी र नियोटेरिक नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको "बिलीभ, परफर्म एन्ड लिड" माघ १२ गते (जनवरी २६) मा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको छ ।
मुख्यतया ल्याटिट्युड सिरिज, अप्टिप्लेक्स सिरिज, भोस्ट्रो र वर्कस्टेशन जस्ता डेलको प्रविधि उत्पादनहरूका साथ अनुभवहरू प्रदान गर्दै नेपाली बजारमा प्रदर्शन गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रस्तोता सुशान्त उप्रेतीले नेपाली बजारमा डेलले उपलब्ध गर्ने उत्पादनहरूको बारेमा जानकारी दिए । कार्यक्रमको मुख्य आकर्षणका रुपमा एडी चन्द्र रहेका थिए जो डेल टेक्नोलोजी, क्लाइन्ट सोल्युसन ग्रुपका उत्पादन विशेषज्ञ हुन् । चन्द्रले डेलद्धारा प्रस्तावित ग्राहक समाधान समूह उत्पादनहरुको विस्तृत अवलोकन गराउँदै यसको विशेषता र व्यवहारिक प्रयोगका बारेमा आफ्नो धारणा व्यक्त गरे ।
कार्यक्रममा आर्किटेक्ट, जियोलोजिष्ट, एनिमेटर्स तथा भिडियो एडिटरसँगै विभिन्न क्षेत्रका विशेषज्ञ तथा प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले सहभागीहरूलाई डेलको प्रविधि समाधानहरूको बारेमा विविध व्यावसायिक रुपमा जानकारी दिन र शिक्षित बनाउन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको छ ।