Kath khabar
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण

                            काठमाडौं, चैत २६ । चैत्र शुक्ल औंसीका दिन अर्थात चैत्र २६ गते सोमबार आज खग्रास सूर्यग्रहण लाग्दैछ । आजको सूर्यग्रहण उत्तरी अमेरिकाका देशहरूमा स्पष्ट रूपमा देख्न सकिन्छ। नेपालसहित एसियाली मुलुकमा भने यसपालिको खण्डग्रास सूर्यग्रहण देखिने छैन । विगत ५० वर्षमा यो सबैभन्दा लामो सूर्यग्रहण हुने वैज्ञानिकहरुले बताएका छन् ।

सूर्यग्रहणको अवधि विभिन्न स्थानमा फरक फरक हुनेछ । यो ग्रहण अमेरिका, ग्रीन ल्याण्ड, मेक्सिको, क्यानडा आदि देशमा देखिनेछ । पूर्ण सूर्यग्रहण अमेरिका, क्यानडा र मेक्सिकोमा देखिनेछ । उत्तरी अमेरिकाको केही क्षेत्रबाट देखिने यो सूर्यग्रहणले ४ मिनेट ९ सेकेन्डसम्म अन्धकार छाउने जनाइएको छ ।

यो उत्तर अमेरिकाका विभिन्न देशहरूमा फरक हुनेछ । मेक्सिकोमा यो ४०.४३ सेकेन्डसम्म रहनेछ । यसको मतलब यो अवधिमा चन्द्रमाको छाया मेक्सिकोको केही भागबाट जानेछ र विभिन्न शहरहरूमा केही मिनेटको लागि सूर्यग्रहण लाग्नेछ। अमेरिकामा ग्रहणको प्रभाव ६७ मिनेट ५८ सेकेण्डसम्म रहनेछ भने क्यानडामा ३४ मिनेट ४ सेकेण्डसम्म रहनेछ ।

कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समयानुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देख्नेछन् । त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रतिघण्टा २,५०० किलोमिटरको गतिमा पर्नेछ । त्यसले स्थानीय समयानुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्नेछ र मेक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सी मा स्थानीय समयानुसार १ः२७ मा पार गर्नेछ।

वैज्ञानिकहरुका अनुसार यस पटकको सूर्यग्रहण आधा शताब्दीकै सबैभन्दा लामो सूर्यग्रहण हुनेछ । किनभने चन्द्रग्रहणको एक दिन अघि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ। अप्रिल ८ मा चन्द्रमा र पृथ्वीबीचको दूरी ३ लाख ६० हजार किलोमिटर हुनेछ, जुन पृथ्वीबाट चन्द्रमाको औसत दूरी ३ लाख ८४ हजार किलोमिटरभन्दा निकै कम हो ।

ग्रहण एक खगोलीय घटना हो । यस समयमा सूर्य, चन्द्रमा र पृथ्वी एक रेखामा आउँछन्।  पृथ्वीको जुन क्षेत्रमा चन्द्रमाको छायाँ परेको छ, त्यहाँ सूर्य नदेख्ने अवस्थालाई सूर्यग्रहण भनिन्छ । चन्द्रमा पृथ्वीको एकदमै नजिक हुँदा पूर्ण सूर्यग्रहण लाग्छ । यसको चरम निकटताका कारण, चन्द्रमाको आकार ठूलो देखिन्छ र यसले सम्पूर्ण सौर्य डिस्कलाई कभर गर्दछ। त्यसबेला सूर्यको किरण पृथ्वीमा पुग्दैन, फलस्वरूप पृथ्वीमा अन्धकार हुन्छ । यसअघि सन् २०१७ मा पूर्ण सूर्यग्रहण भएको थियो ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update