Kath khabar
बनेपामा नवदुर्गा जात्रा सम्पन्न


                   काभ्रेपलाञ्चोक, वैशाख १७ ।  ऐतिहासिक सहर बनेपामा सञ्चालन भएको नवदुर्गा जात्रा समापन भएको छ । तीन दिनसम्म सञ्चालन भएको जात्रामा आइतबार साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा समापन गरिएको हो ।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरुको नाच हेर्न स्थानीयको ठूलो भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरुपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरु भागिरहन्छन् ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहँदै आएको छ । यस्तै, बनेपामा जात्रा सकिएपछि नवदुर्गा पनौती जाने मान्यता छ । जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने मान्यता छ । नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाको डबलीहरुमा नृत्य देखाउने गर्छन् । नवदुर्गाको आगमन हुँदा नगरका स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्न जाने गर्दछन् । श्रद्धालु भक्तजनले पञ्चबलि दिने, नवदुर्गा देवगणलाई भोजन गराउने काम हुन्छ  ।

स्थानीय वृद्ध कान्छामान रञ्जितका अनुसार नवदुर्गा जात्राको मुख्य आकर्षण ‘ङा लाकेगु’ अर्थात् माछा मार्ने जात्रा हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत हुने गर्दछ । माछा मार्ने जात्रा सुरु हुनुअघि वरपर पैसा (दक्षिणा) माग्ने प्रचलन रहेको छ । त्यसपछि  ङा लाकेगु अर्थात् माछा मार्ने जात्रा प्रारम्भ हुने गर्दछ । यो जात्रामा पहिला ‘दुम्ब’ले ङा लाकेगु अर्थात् माछा मार्ने जात्रा गर्दछ । यो जात्रा हुँदा जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने गर्दछन् । यसरी लखेट्दा दुम्बदे समात्यो भने दशा लाग्छ भन्ने जनविश्वास पनि रहेको छ ।

जात्राकै क्रममा दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन गरिन्छ । यस्तै, नाच प्रदर्शन पूर्वमहाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने गर्छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याउनुभएको थियो । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार हुनुहुन्थ्यो । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।
–––

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update