
काठमाडौं, वैशाख १९ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१२ बस्ने २० वर्षीय मोहमद अली अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-९ कोप्चेलाईन बस्ने २५ वर्षीय सुमन राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मिड १ सय १ ट्याब्लेट र ट्रामाडोल १ सय १ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित पर्सा वीरगंज महानगरपालिका-४ बस्ने २७ वर्षीय दिपक थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने ३२ वर्षीय अर्जुन देवकोटालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।