Kath Khabar
सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कारपछि हत्या आरोपमा पाँच जना पक्राउ

                         सिन्धुपाल्चोक, असार १३ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा गत असार ११ गते १६ वर्षीया निशा तामाङको सामूहिक बलात्कारपछि हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेका आरोपीहरू भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् ।

असार ११ गते निशा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । आरोपीहरूले असार १० मा बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । उनको सामूहिक बलात्कारपछि उनको हत्या भएको अनुसन्धानबाट खुलेको हो । 
 
उनीहरूविरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update