श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
रूकुम पश्चिम, असार १८ । आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको अभियोगमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय