Kath Khabar
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

                     भक्तपुर,  असार २१ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update