आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ
अर्घाखाँची, असार २७ । आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय