कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ
तनहुँ, साउन १ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई २९ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०६० माघ २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका-४ घुर्लिचौरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय