सुर्खेतमा एक पुरुषले गरे सँगै सुतिरहेकी श्रीमतीको हत्या

सुर्खेत, साउन ११ । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीलाइ काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको हो । हत्या गरेपछि उनले आफ्ना विदेशमा रहेका छोराछोरीलाई र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । उनले त्यसअघि प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका बताइएको छ ।
दानसिंहले खबर गरेलगत्तै प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले ठाडालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय